असोज २६, काठमाण्डौ । पूर्वसभामुख कृष्ण बहादुर महराको यौनकाण्ड सेलाउन नपाउँदै नेकपाको अर्का नेताको यौन काण्ड सार्वजनिक भएको छ ।
सुदुरपश्चिम प्रदेशसभाका सांसद तथा नेकपाका कैलाली जिल्ला अध्यक्ष रतन थापाको यौनकाण्ड बाहिरएको हो ।
दुई श्रीमती र पाँच सन्तानका धनी थापाले अर्की सेक्स पार्टनसंग गरेको अस्लिल आठ मिनेट लामो फोन बार्ता प्राप्त भएको जनाउँदैै त्यसको विस्तृत विवरण सहित जनताटाइम्सले समाचार प्रकाशन गरेको छन् ।
आर्थिक अवस्था निकै राम्रो भएको तर श्रीमान नभएकोले आफूसँग सारीरिक सम्पर्क गर्न नेपालगञ्जसम्म आउने थापाले अडियोमा बताएको समाचारमा उल्लेख छ ।
सुदूरपश्चिम प्रदेश सभाका सदस्य थापाले मापसे गरेको जोशमा थापाले ती महिलासँगको सारीरिक सम्पर्कदेखि अरु सवै बिषय खोलेको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया