![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/09/accident.jpg?resize=720%2C432)
मेलम्ची, २६ असोज । बडहरे बस दुर्घटनाका घाइते विभिन्न अस्पतालमा उपचारपछि घर फर्कन थालेका छन् । शनिबारसम्म ८१ घाइते उपचारपछि घर फर्केका छन् । अझै २५ घाइते विभिन्न चार अस्पतालमा उपचाररत छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार विभिन्न अस्पतालमा अहिले उपचाररतमध्ये छ घाइतेको अवस्था चिन्ताजनक रहेको छ । प्रहरीका अनुसार काभ्रेको धुलिखेल अस्पतालमा उपचार गराइरहेका ६६ मध्ये ५२ यात्रु घर फर्किसकेका छन् । त्यहाँ अझै १४ घाइतेको उपचार भइरहेको छ ।
हेलम्बु यातायातको बा२ख २७१५ नंको बस २४ गते इन्द्रावती गाउँपालिका–१० भोटसिपा, बडहरे तिखुमोडमा दुर्घटनाग्रस्त हुँदा १०६ घाइते भएका थिए ।
दुर्घटनापछि हेलिकोप्टर र सवारी साधनबाट उद्धार गरी घाइतेलाई उपचारका लागि विभिन्न पाँच अस्पताल पु¥याइएको थियो । बनेपाको शिरमेमोरियल अस्पतालमा उपचाररत १४ यात्रु फर्केका छन् । त्यहाँ दुई घाइतेको अझै उपचार भइरहेको छ ।
ट्रमा सेन्टरमा आठ घाइते उपचाररत छन् । सात घर फर्केका छन् । शङ्करापुर अस्पतालमा रहेका सबै आठ घाइते उपचारपछि आ–आफ्नो घर फर्केका छन् ।
काठमाडौँ मेडिकल कलेज ९केएमसी० अस्पतालमा एक घाइतेको उपचार भइरहेको छ ।
प्रतिक्रिया