काठमाडौं २५ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि राजधानी काठमाडौं सजाइएको छ ।
सी दुई दिने नेपाल भ्रमणका क्रममा शनिबार अपराह्न काठमाडौं आइपुग्नेछन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले स्वागत गर्नेछन् ।
राष्ट्रपति सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीनकुने, बानेश्वर, बबरमहल, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी हुँदै सोल्टी होटेलमा पुग्नुहुनेछ ।
उक्त रुटमा राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सीको फोटो राखेर स्वागत गेट बनाइएको छ । सीको स्वागतका लागि विमानस्थल, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथलीलगायतका ठाउँमा फूल र गमला राखिएको छ ।
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/10/1-1024x604.gif?resize=720%2C425)
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/10/2-1.gif?resize=720%2C428)
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/10/3-1-1024x682.gif?resize=720%2C480)
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/10/4-1-1024x617.gif?resize=720%2C434)
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/10/5-1.gif?resize=720%2C480)
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/10/6.gif?resize=720%2C395)
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/10/7.gif?resize=720%2C463)
प्रतिक्रिया