असोज २१, २०७६ मंगलबार
पाँचथर सँगुरको मासु खाँदा जिल्ला कारागार पाँचथरमा कैद भुक्तान गरिरहेका एक कैदीबन्दीको ज्यान गएको छ भने ३ जनाको अवस्था गम्भीर छ ।
आइतबार राति सुँगुरको मासु खाएपछि बिरामी परेकोले सोमबार बिहान जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएका पाँचथरको फालेलुङ गाउँपालिका–८, याङनामका २५ वर्षीय बुद्धि केरुङको सोमबार दिउँसो उपचारका क्रममा मृत्यु भएको हो ।सँगुरको मासु खाएर ३ जना सिकिस्त बिरामी भएका छन् । बिरामी हुनेहरुमा फिदिम नगरपालिका–१०, याङनामका जयप्रकाश जवेगु, कुम्मायक गाउँपालिकाका दिनेश खजुम र पहिलेको सिदिन गाविसका सुन्दर राई रहेका छन् ।
उनीहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि झापा पठाइएको पाँचथर प्रहरीले जनाएको छ ।दशैँको अवसरमा कारागार भित्रै सुँगुर ल्याएर काटेको र मासु खाएका उनीहरुलाई सुरुमा झाडापखाला लागेपछि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।उपचारकै क्रममा केरुङको सोमबार दिउँसो ३ बजे मृत्यु भएको पाँचथर प्रहरीका सूचना अधिकारी अनिलकुमार पौडेलले बताउनुभयो । केरुङ जबरजस्ती करणी मुद्धामा ३ वर्ष अघिदेखि कैद भुक्तान गरिरहेका कैदीबन्दी हुन् । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया