हुम्लाको ताँजाकोट गाउँपालिकामा एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । नौ दिनदेखि उच्च रक्तश्रावले थलिएकी ताँजाकोट गाउँपालिका–४ पानीवाडाँकी ३५ वर्षीय रिठू जैसीको आज हेलिकप्टरद्वारा उद्धार गरी सुर्खेत पठाइएको छ ।
जसीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत आर्थिक सहयोग गरी उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले जानकारी दिए । प्रजिअ भट्टराईको पहलमा चार महिनाकी गर्भवती जैसीको उद्धार गरिएको हो । छ दिन अघि उपचारका लागि स्वास्थ्यचौकी गएकी जैसी कमजोर आर्थिक अवस्थाका कारण घर फर्किएकी थिइन् । बिहीबार मात्रै ताजाँकोटबाट सूचना प्राप्त भएपछि आज जैसीको उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रजिअ भट्टराईले जानकारी दिएका छन् ।
प्रतिक्रिया