![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/10/RSS_20191004_0927471-1024x569.jpg?resize=720%2C400)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालसँग नेपालका लागि अमेरिकन राजदूत रेड्डी बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् ।
खनाल निवास डल्लुमा भएको भेटमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका खनालले नेपाल र अमेरिका बीचको मैत्रीपूर्ण सम्बन्ध अझ विकास होस् भन्ने कामना गरेका उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिएका छन् ।
अमेरिकाका राजदूतले नेपाललाई अमेरिकाले सहयोग जारी गर्न चाहेको र खासगरी देशमा स्थायित्व स्थापना भएकाले अमेरिकाको सहयोगलाई विस्तार गर्न तयार भएको जनाएका छन् । भेटमा खनालका विदेश मामिला सहयोगी मिलन तुलाधरको पनि उपस्थिति थियो ।
प्रतिक्रिया