१८ कार्तिक २०८१, आइतबार । November 3, 2024

ग्लोबल

सन् २०२१ का लागि डीभी खुल्यो, पासपोर्ट नम्बर र इमेल अनिवार्य

डीभीमार्फत ५५ हजार अमेरिका जान पाउने




काठमाडौं, १५ असोज । सन् २०२१ को लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी) का लागि आवेदन खुलेको छ । बुधबार मध्याह्न १२ बजेदेखि खुलेको अनलाइन आवेदन ५ नोभेम्बर २०१९ मध्याह्न १२ भर्न सकिन्छ ।

आवेदन फारम भर्दा पासपोर्ट नम्बर, पासपोर्टको म्याद र इमेल ठेगाना अनिवार्य गरिएको छ । एक व्यक्तिले एक पटक मात्र आवेदन दिन सक्ने छन् । एकभन्दा बढी पटक आवेदन फारम भर्ने व्यक्ति डीभी प्रक्रियाका लागि अयोग्य हुनेछ ।

आवेदन फारम भर्न कुनै शुल्क लाग्दैन । https://dvlottery.state.gov/ मा लगइन गरि डीभीको अनलाइन फारम आफैंले भर्न सकिन्छ । फारम भरिसकेपछि प्राप्त हुने कनफर्मेसन नम्बर सुरक्षित राख्नु पर्नेछ । नतिजा सार्वजनिक भएपछि त्यही कन्फर्मेसन नम्बरको आधारमा आफूलाई डीभी परे–नपरेको जानकारी थाहा पाउँन सकिन्छ ।

यस वर्ष ५५ हजारले डीभी चिठ्ठामार्फत् अमेरिकाको भिसा पाउने छन् । व्यक्तिगत विवरणको आधारमा कम्प्युटर सिस्टमले डीभीको लागि योग्य व्यक्तिहरुको छनोट गर्नेछ । तर डीभी पर्दैमा अमेरिकाको भिसा पाउने निश्चित हुँदैन । त्यसपछि पनि बिभिन्न शर्त र प्रक्रियाहरु पूरा गर्नु पर्ने अधिकारीहरु बताउँछन् ।

१७ देशका नागरिकले डीभी भर्दैछन्


नेपाली नागरिकले डिभि भर्न पाउँछन् । भारत, पाकिस्तान, बंगलादेश लगायत१७ देशका नागरिकहरुले भने डीभीको फारम भर्न पाउने छैनन् ।

डीभीको आवेदन दिन नपाउने देशहरुमा चीन (मुख्य भूमिमा जन्मिएका), ब्राजिल, क्यानडा, कोलम्बिया, डोमिनिक रिपब्लिक, एल साल्भाडोर, ग्वाटेमाला, जमैका, मेक्सिको, नाइजेरिया, फिलिपिन्स, दक्षिण कोरिया, बेलायत (उत्तरी आयरल्याण्ड बाहेक) र भियतनाम छन् ।
यी देशहरुका ५० हजार नागरिकलाई डीभी परिसकेकाले निवेदन दिन नपाउने भएका हुन् । तर, चीनको मुख्य भूमिमा जन्मिएका बाहेक हङकङ, मकाउ र ताइवानका बासिन्दाले भने डीभी भर्न पाउने छन् ।

प्रकाशित : १५ आश्विन २०७६, बुधबार ००:००