![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/09/mahara.jpg?resize=720%2C451)
यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् ।
उनले उपसभामुखसमक्ष राजीनामा पत्र बुझाएका हुन् । आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको महराले बताएका छन् ।
तर राजीनामा पत्रमा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ भन्ने शब्द प्रयोग गरेका छन् । महराले सभामुख पदबाट मात्र राजीनामा दिएको उनका प्रेस सल्लाहकार डिल्ली मल्लले बताए ।
यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख र प्रतिनिधिसभा सदस्य (सांसद) पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न सुझाएको थियो ।
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/10/71574692_384721089137567_3287063846019137536_n.jpg?resize=652%2C960)
महरामाथि संसद सचिवालयकै महिला कर्मचारी रोशनी शाहीलेआफूमाथि यौन दुव्र्यवहार आरोप लगाएकी छन् ।
प्रतिक्रिया