२६ माघ २०८१, शनिबार । February 8, 2025

मुख्य खबर

नेकपा सचिवचलयको बैठकको निर्णयले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन निर्देशन



सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपाले सभामुख कृष्णबहादुर महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन निर्देशन दिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपाको आकष्मिक सचिवालय बैठकले महरालाई सभामुख र प्रतिनिधि सभा सदस्य दुवैबाट राजीनामा दिन निर्देशन दिने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

ुसभामुख महराले गम्भीर आरोप लागिसकेको अवस्थामा सभामुख र प्रतिनिधि सभा सदस्य दुवैबाट राजीनामा दिएर अनुसन्धान र छानविनमा सघाउनुपर्छ भन्‍ने निचोड नेकपा सचिवालय बैठकले निकालेको छु, प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीहरुसँग बालुवाटारमा भने।

संसद सचिवालयमै कार्यरत एकजना महिला कर्मचारीले आफ्नै कोठामा आएर महराले यौन दुर्व्यवहार गरेको आरोप सोमबार लगाएकी थिइन्। उक्त आरोपसहितको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएपछि महरामाथि नैतिक संकट परेको थियो।

प्रकाशित : १४ आश्विन २०७६, मंगलबार ००:००