२२ कार्तिक २०८१, बिहिबार । November 7, 2024

ग्लोबल

अल्जेरियाली अदालतद्वारा पूर्वराष्ट्रपतिका भाइलाई १५ वर्षको जेल सजाय



अल्जियर्स, ८ असोज (एएफपी) – अल्जेरियाको सैनिक अदालतले पूर्व राष्ट्रपति अब्देलाजिज बौतेलिफाका भाइलाई १५ वर्षको जेल सजाय दिएको छ ।
सन् २०१३ मा राष्ट्रपति बौतेलिफालाई हृदयाघात भएर सख्त बिरामी भएपछि उहाँका भाइ सइद बौतेलिफाले राज्यका सम्पूर्ण कामकारबाही सम्हालेका थिए । सइद बौतेलिफा सहित गुप्तचर निकायका दुई जना पूर्व प्रमुखलाई सुनुवाईका लागि सोमबार सैनिक अदालतमा पेश गरिएको थियो ।
झण्डै दुई दशक सत्तामा रहेका पूर्व राष्ट्रपति बौतेलिफाको शासनकालमा भएका भ्रष्टाचार र शक्तिको दुरुपयोगका बारेमा हाल अल्जेरियाका विभिन्न अदालतमा मुद्दा चलिरहेका छन् । यी मुद्दाहरु खासगरी पूर्व राष्ट्रपतिसँग नजिक रहेका उच्च पदस्थ कर्मचारी र राजनीतिक नेताहरुमा केन्द्रित छ ।
पूर्व राष्ट्रपति बौतेलिफाले जनताले गरेको लगातारको प्रदर्शनपछि राजिनामा दिएका थिए । ।
सैनिक अदालतमा सरकारी अभियोजनकर्ताहरुले पूर्व राष्ट्रपतिका भाइ सहित चार जनामाथि २० वर्षसम्मको जेल सजायका लागि माग गरे पनि अदालतले १५ वर्ष कायम गरेको थियो ।

प्रकाशित : ८ आश्विन २०७६, बुधबार ००:००