३० माघ २०८१, बुधबार । February 12, 2025

समाचार

चाडपर्वलाई ध्यानमा राखेर पूर्वी नाकामा नागरिक सहायता कक्ष सञ्चालनमा




झापाको पूर्वी नाका काँकरभिट्टामा चाडपर्वलाई लक्ष गर्दै नागरिक सहायता कक्ष स्थापना गरिएको छ । भारतलगायत तेस्रो मुलुकबाट पैदलमार्ग भएर घर फर्कने नेपालीका लागि कुनै समस्या नपरोस् भन्दै मेचीनगर– ६ काँकरभिट्टामा सशस्त्र प्रहरी बलको ८ नं गुल्मले सो कक्ष स्थापना गरेको हो ।
चाडपर्वको समयमा नेपालीहरू घर फर्कन थालेकाले सिमानामा उनीहरू ठगिने र अन्य आपराधिक गतिविधि हुनसक्ने भएकाले उनीहरुलाई सुरक्षित रुपमा आवतजावतका लागि नागरिक सहायता कक्ष स्थापना गरिएको प्रहरीनायब उपरीक्षक ज्ञानमणि पौडेलले बताए ।उक्त कक्ष स्थापनापछि नेपाली तथा भारतीय नागरिकलाई सिमामा समस्या नहुने उहाँको तर्क थियो । रोजगारका लागि भारतलगायत तेस्रो देशमा पुगेका नेपाली चाडपर्वका समयमा घर फर्कदा उनीहरू सीमा क्षेत्रमा लुटिने र विभिन्नखाले दुव्र्यवहारसमेत हुने भएकाले टोल फ्रि नम्बरसहित उक्त कक्ष निर्माण गरिएको उनको छ ।

प्रकाशित : ८ आश्विन २०७६, बुधबार ००:००