१७ कार्तिक २०८१, शनिबार । November 3, 2024

ग्लोबल

पाकिस्तानमा भूकम्प : चारको मृत्यु, सडक चिराचिरा, भारतको राजधानीमा समेत धक्का



पाकिस्तान । पाकिस्तानमा मंगलबार ५.८ म्याग्नेच्युडको भूकम्प आएको छ।

भूकम्पमा परी पाकिस्तान प्रशासित कस्मिरमा चार जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको पाकिस्तानका एक मुख्य समाचार संस्था डाउनले जनाएको छ ।

स्थानीय समयअनुसार मंगलबार अपरान्ह ४ बजे पाकिस्तान नियन्त्रित कस्मिर र पञ्जाबको सीमामा केन्द्रविन्दु बनाएर भूकम्प आएको हो।

डाउले उल्लेख गरे अनुसार ८-१० सेकेन्डसम्म निकै ठूलो धक्का महसुस गरिएको थियो ।

राजधानी इस्लामावाद, पेशावर, रावलपिण्डी र लाहोरमा पनि धक्का महशुस गरिएको थियो। भूकम्पले केही घर भत्किएका छन् भने मिरपुरका सडक चिराचिरा भएको छ।

भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्लीसम्मै महशुस गरिएको र दिल्लीका मानिसहरू समेत घर बाहिर निस्किएका छन् । हरियाणा, उत्तर प्रदेश, पञ्जाब, चण्डीगढलगायत क्षेत्रमा पनि भूकम्पको धक्का महशुस गरिएको छ।

प्रकाशित : ७ आश्विन २०७६, मंगलबार ००:००