![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/09/safe_image-5.jpg?resize=592%2C308)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) वीच सहमती पत्रमा हस्ताक्षर भएको छ । औपचारिचक सम्बन्ध स्थापनाका लागि भएको दुई पार्टीवीच भएको सहमती पत्रमा हस्ताक्षर नेकपाको तर्फ विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सों ताओले संयुक्त रुपमा सहमती पत्रमा हस्ताक्षर गरेका हुन् । सोमबारदेखि काठमाण्डौंमा सि जिङपिङ विचारधारा विषयमा अन्तरक्रिया कार्यक्रम जारी रहेको छ भने उक्त सम्झौताको हस्ताक्षर कार्यक्रममा नेकपाका अध्यक्षद्धय केपी ओली र प्रचण्ड दुवै सहभागी रहेको जनाइएको छ ।
प्रतिक्रिया