३० माघ २०८१, बुधबार । February 13, 2025

समाचार

२९ बालबालिकाको उद्धार




बालबालिका खोजतलास समन्वय केन्द्रले राजधानीको विभिन्न स्थानका सडकबाट २९ बालबालिकाको उद्धार गरी पुनःस्थापना गृहमा आश्रयका लागि पठाएको छ । भृकुटीमण्डपस्थित केन्द्रबाट खटिएको टोलीले ती बालबालिकाको उद्धार गरेको हो ।

टोलीले पशुपति क्षेत्र, रत्नपार्क, ठमेल, दरबारमार्ग, सोह्रखुट्टे, नयाँ बसपार्क, सामाखुशी र बालाजु क्षेत्रबाट १७ बालक र १२ बालिकाको उद्धार गरिएको प्रहरी निरीक्षक मोहनविक्रम दाहालले जानकारी दिइएको छ । दिउँसो सडकमा बालबालिका नभेटिने र रातभर सडकमै बसेर दुव्र्यसनमा संलग्न हुने गरेकाले राति ८ बजेदेखि बिहान ३ बजेसम्म खोजतलास गरेको उनले बताए । उनीहरुलाई सडक बालबालिका पुनःस्थापनाका लागि ‘सोभर रिकभरी एण्ड ट्रिटमेन्ट सेन्टर’ आरुबारीको जिम्मा लगाइएको केन्द्रले जनाएको छ ।

तीन बालबालिका दुव्र्यसनमा संलग्न रहेको भेटिएकाले प्रहरीले थप अनुसन्धानका लागि लगेको सेन्टरका संस्थापक छिरिङ वाङ्दुले बताउनुभयो । उक्त सेन्टरमा पुनःस्थापनाका लागि हाल ६० बालबालिका राखिएको उनले बताएका हुन्  । 

प्रकाशित : ६ आश्विन २०७६, सोमबार ००:००