![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/09/jiwan-ghimire.jpg?resize=720%2C724)
प्रदेशसभाको आज बसेको बैठकले ‘मनमोहन प्राविधिक विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ लाई बहुमतले पारित गरेको छ । प्रदेश नं.१ को प्रदेश सभा नियमावली, २०७४ को नियम १०८ बमोजिम सामाजिक विकासमन्त्री जीवन घिमिरेले सो विधेयक पारित गरियोस् भनि सदनमा प्रस्ताव पेश गरेका थिए । । विधेयकको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सदस्यहरुले कडा विरोध गर्दै नारा लगाएर रोष्टम घेराउ गरे पनि मन्त्री घिमिरेले प्रस्ताव पेश गर्नुभएको थियो बताएसो विधेयक पारित भएपछि प्रदेशमा चाहिने जनशक्ति उत्पादन गर्न मद्दत पुग्ने, विश्वविद्यालयबाट आधारभूत, माध्यमिक र उच्चतहका जनशक्ति उत्पादन गरेर स्वरोजगार बनाउने तथा राष्ट्रलाई चाहिने जनशक्ति पूर्ति गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । विधेयक सदनमा प्रवेश गरेदेखि नै प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले विरोध गर्दै आएका थिए । विधेयकलाई समृद्ध बनाउन विज्ञ, प्रदेश सदस्य, मन्त्री, कानूनविद्हरुसँग छलफल, सुझाव र परामर्श गरी विषयगत समितिमा लगिएको थियो । सामाजिक विकास समितिका सभापति सरिता थापाले विधेयकलाई बलियो, राम्रो र समृद्ध बनाउन हरेक किसिमको प्रयास गरिएको र राम्रा सुझावलाई ग्रहण गरिएको बताए ।
प्रतिक्रिया