![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/09/transportation.jpg?resize=720%2C480)
बढ्दो दुर्घटना न्यूनीकरणका लागि जिल्ला सदरमुकामबाट छुट्ने र आउने सवारी साधनमा ‘टाइम कार्ड’ लागू गरिएको छ । दशैँ, तिहार जस्ता ठूला पर्वमा जथाभावी यात्रु राखेर भारी गतिका साथ यातायातका साधन सञ्चालन हुने भएकाले यसलाई नियन्त्रण गर्न लागिएको प्रजिअ जनकराज पन्तले बताए ।
नयाँ व्यवस्थाअनुसार सदरमुकामदेखि सुर्खेतको छिन्चु र सदरमुकामदेखि रिम्नासम्मको सडकमा टाइमकार्ड लागू गरिएको छ । रिम्ना–होलुखोला एक घण्टा, होलुखोला–खलङ्गा ४५ मिनेट, खलङ्गादेखि मटेला ३० मिनेट, मटेला कुदु २० मिनेट, कुदूदेखि छेडाचौरसम्म एक घण्टा २० मिनेटमा यात्रा पूरा गर्नुपर्ने जिल्ला टा«फिक कार्यालयले जनाएको छ । टाइम कार्ड उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले सडक निर्माण गर्नु राज्यको दायित्व भएकोे, राम्रो व्यवहार र अनुशासितपूर्वक यात्रा गनतव्यमा पु¥याउने काम यातायात व्यवसायीको भएको बताए । त्यस्तै तोकिएको समयभन्दा अघि वा पछि यातायातका साधन गुडाउनेलाई कारवाही गरिने प्रजिअ पन्तले बताए ।
प्रतिक्रिया