![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/09/download-4.jpg?resize=720%2C403)
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफ्नो वर्ष दिनको कार्ययोजनामा ७० वर्षभन्दा माथिका नागरिकलाई ५० प्रतिशत छुटको घोषणा अनुसार वर्षदिने कार्ययोजना कार्यान्वयनका रुपमा पहिलोपटक राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले केही दिनअघि विज्ञप्ति निकालेर ५० प्रतिशत छुटको घोषणा गर्ने भएको हो ।
निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने भएको छ । दसैँ, तिहार तथा छठका अवसरमा कम्पनीले ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा उक्त छुटको घोषणा गरेको विज्ञप्तीमार्फत जानकारी गराएको हो ।
घटस्थापनादेखि लागू हुनेगरी ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई दिइने छुट इन्धन र करबाहेकको भएको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिएका छन् । त्यस्तै ८५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले रु ५०० मात्रै तिरेर श्री एयरलाइन्सको जहाज चड्न पाउने कम्पनीले जनाएको छ ।
छुटको टिकट लिनका लागि ज्येष्ठ नागरिकले नागरिकता वा उमेर खुल्ने परिचयपत्र पेश गर्नुपर्नेछ । बिक्री काउन्टर वा एयरलाइन्सको एप वा वेबसाइटबाट टिकट लिएकाले सो सुविधा पाउने जनाइएको छ । एउटा उडानमा अधिकतम दुई जनाले मात्रै सो सुविधा पाउने कम्पनीले स्पष्ट पारेको छ ।
निजी क्षेत्रकातर्फबाट श्री एयरलाइन्सले ज्येष्ठ नागरिकका लागि छुटको अफर ल्याएको हो । श्री एयरलाइन्ससँग चार वटा सिआरजे २०० र दुई सिआरजे ७०० जहाज छन् । आन्तरिक उडानमा चार ९दुई सिआरजे २०० र दुई सिआरजे ७००० जहाजले चन्द्रगढी, विराटनगर, राजविराज, भैरहवा, नेपालगञ्ज र धनगढी उडान भर्दै आएको छ ।
–––
प्रतिक्रिया