३० माघ २०८१, बुधबार । February 13, 2025

मुख्य खबर

सहाना अगुवा नेता थिइन् : प्रचण्ड




नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ‘प्रचण्ड’ले सहाना प्रधान कम्युनिष्ट र राजनीतिक आन्दोलनमा अग्रणी नेता रहेका बताएका छन् । पाँचौँ सहाना स्मृति दिवसका अवसरमा सहाना प्रधान प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा उहाँले प्रधानले गरेका योगदानका धेरै पक्ष रहेका बताएका हुन् ।
“समग्रमा उहाँ नेपाली कम्युनिष्ट आन्दोलन र राजनीतिक आन्दोलनको एउटा अग्रणी नेता हुनुहुन्थो”, उनले भने, “उहाँ नेपाली समाजको नेपाली रुपान्तरण र राजनीतिकलाई नेतृत्व गर्ने अगुवा नेताका रुपमा हुनुहुन्थ्यो ।” पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले प्रधानजस्तो राजनीतिज्ञ, राणाशाही र तानाशाहीकाविरुद्ध जीवनभर धेरै खालका अप्ठ्याराको सामन गरेर सङ्घर्ष गर्ने नेतालाई सम्मान गर्दा आदर्शका कुरा भुल्न नहुने बताएका छन् ।

पुष्पलालले नेपाली समाज र माक्सवादको राम्रो विश्लेषण गरेर पार्टी स्थापना गरी अगुवाइ गर्दै स्थापना गरेको कम्युनिष्ट पार्टीबाट नै नेपालमा क्रान्ति र परिवर्तनको प्रक्रियालाई शुरु भएको हो भने प्रधानलगायत पुराना पुस्ताका धेरै नेताले त्याग, तपस्या, निष्ठा, मिहिनेतको जीवन व्यतित गरे पनि व्यक्तिगत पद प्रतिष्ठा, फाइदाका निम्ति क्रान्तिलाई प्रयोग कहिल्यै गरेनन्

उनले पुष्पलालले नेपाली समाज र माक्सवादको राम्रो विश्लेषण गरेर पार्टी स्थापना गरी अगुवाइ गर्दै स्थापना गरेको कम्युनिष्ट पार्टीबाट नै नेपालमा क्रान्ति र परिवर्तनको प्रक्रियालाई शुरु गरिएको उल्लेख गरेका छन् । उनले पुष्पलाल र प्रधानलगायत पुराना पुस्ताका धेरै नेताले त्याग, तपस्या, निष्ठा, मिहिनेतको जीवन व्यतित गरे पनि व्यक्तिगत पद प्रतिष्ठा, फाइदाका निम्ति क्रान्तिलाई प्रयोग नगरेका बताएका छन् ।

“नाम त अहिले कम्युनिष्ट नै छ, के साँच्चै कम्युनिष्ट नै छौँ त अहिले ? भन्न त हामीले समाजवादको यात्रा शुरु गर्ने भनेका छौँ, के हामीले समाजवादको यात्राका निम्ति योद्धा जस्तै छौँ त हामी ? या हामी बिस्तारै काङ्ग्रेस जस्ता र हिजोका निरङ्कुशतावादी जस्तै पद र प्रतिष्ठाका निम्ति लागेको छाँै”, अध्यक्ष दाहालले भने । हिजोका तानाशाहले पनि विकासको मूल फुटाउने कुरा गरेको उल्लेख गर्दै उहाँले भने, “भन्ने ठूलो कुरा होइन, ठूलो कुरा गर्ने भन्ने हो, हामीले के गर्ने भन्ने कुराको अर्थ र महत्व छ, हामीले के भन्छाँै भन्ने त्यति अर्थ छैन ।”

कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधान कम्युनिष्ट आन्दोलन, महिला मुक्ति आन्दोलन, महिलाले पनि पढ्न पाउनुपर्दछ भनेर सक्रिय भूमिका निर्वाह गरेको बताएका छन् । उनले पुष्पलालको निधनपछि प्रधानले पार्टीको अगुवाइ गरेको स्मरण गर्दै उहाँको योगदान अमर र अजर रहेको उल्लेख गरेका छन् । उनले पार्टीमा अझै पनि महिलाको सन्तुलन कायम गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसालले कम्युनिष्ट बनाउनमा उहाँको दृढता र दृष्टिकोण व्यापकता रहेको बताएका थिए । अर्का स्थायी कमिटी सदस्य पम्फा भुसालले राजनीतिक र महिला आन्दोलनको अद्वितीय नेताका रुपमा प्रधान रहेका बताइन् । उनले प्रधानले कहिल्यै व्यक्तिगत स्वार्थमा नलागी जनता र महिला मुक्तिका लागि त्याग र तपस्या गरेको बताएका छन् ।

उनले पार्टीमा अझै पनि महिलाप्रति न्याय हुन नसकेको भन्दै पार्टीका हरेक तहमा ३३ प्रतिशत महिला पु¥याउनुपर्ने बताएकी छन् । कार्यक्रममा प्रधानका छोरा उमेशलाल श्रेष्ठले आमाको योगदानलाई पार्टीले एक वर्षमा सम्झने गरेको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष रामकुमारी झाँक्रीले प्रधानका विचारलाई पार्टीले आत्मसात् गर्नुपर्नेमा जोड दिएका थिए । विसं १९८४ मा जन्मिनुभएका प्रधानको आजैका दिन विसं २०७१ मा निधन भएको थियो ।

प्रकाशित : ६ आश्विन २०७६, सोमबार ००:००