![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/09/saudi-led.jpg?resize=640%2C480)
साना, ३ असोज ( रासस -सिन्हवा) साउदी अरेबियाको नेतृत्वमा रहेको गठबन्धन सेनाले शुक्रबार बिहान यमनको ‘लाल सागर’ बन्दरगाह शहर होडेडाको चारवटा क्षेत्रलाई लक्षित गरी हवाई कारबाही गरेको छ ।
यमनी हुथी विद्रोहीहरूलाई लक्ष्य गरी उक्त कारबाही भएको बताइएको छ । साउदी गठबन्धनका प्रवक्ता तुर्की अल–मलिकीको भनाई उद्धृत गर्दै होेडेडामा रहेका हुथी आतङ्ककारी विरुद्ध यो कारबाही भएको साउदी प्रेस एजेन्सी जारी विज्ञप्तिमा जनाइएको छ ।
यसैबीच, हुथी समूहले उनीहरूको टेलिभिजन च्यानल अल मसिराहमार्फत यस हवाई हमलाले संयुक्त राष्ट्र नेतृत्वमा भएको युद्धविराम सम्झौताको उल्लङ्घन भएको बताएका छन् ।
इरानको सहयोग रहेका हुथी विद्रोहीविरुद्ध साउदी अरेबियाले यमनमा चार बर्ष भन्दा बढी समयदेखि हवाई आक्रमण जारी राखेको छ ।
साउदी अरबले अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार र यमनका राष्ट्रपति अब्दरब्बू मन्सूर हादीको समर्थनमा चार बर्ष भन्दा बढी समयदेखि हुथी विद्रोही विरुद्ध हवाई आक्रमण जारी राखेको छ ।
प्रतिक्रिया