![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/09/helicopter_rescue-512.png?resize=512%2C512)
गोरखा, ३ असोज । धार्चे गाउँपालिका–४ लाप्राकबाट फ्रान्सेली पर्यटकको उद्धार गरिएको छ । मनास्लु पदमार्ग हँुदै लार्केपास गर्न यही असोज १ गते लाप्राक आउनुभएकी ७२ वर्षीया फ्रान्सेली नागरिक यान म्यारी सिकिस्त बिरामी परेपछि हेलिकोप्टर चार्टर गरी आज बिहान उद्धार गरिएको वडा नं ४ का वडाध्यक्ष राज गुरुङले जानकारी दिनुभयो । “धार्चेको लाप्राक आएदेखि नै उहाँ बिरामी हुनुभएको रहेछ”, वडाध्यक्ष गुरुङले भन्नुभयो, “घटनाका बारेमा सम्बन्धित ट्राभल एजेन्सीलाई जानकारी गरायौँ, आज बिहान हेलिकोप्टर आएपछि उपचार लागि पठाइएको हो ।” पदमार्गका हिँडेकी पर्यटक आकस्मिक बिरामी परेको बिहीबार नै जानकारी पाए पनि मौसम खराबीका कारण आज बिहान मात्र उद्धार गर्न सफल भएको यती माउण्टेन एडभेन्चरका प्रबन्धक श्री गुरुङले जानकारी दिनुभयो । उद्धार गरिएकी म्यारीको काठमाडौँ लाजिम्पाटस्थित सिभिक क्लिनिकमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । म्यारी छोरासहित गाइड र पोर्टर लिएर मनास्लु पदमार्ग हुँदै लार्केपासका लागि आउनुभएको थियो ।
प्रतिक्रिया