![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/09/cctv.png?resize=720%2C510)
मोरङ । मुख्य सडकसँग जोडिएको मोरङको पथरीशनिश्चरे नगरपालिकाको प्रत्येक होटलहरुमा सुरक्षाको लागि सीसीटिभी राख्न पहल थालिने भएको छ ।
नजिकिँदै गरेको चाडमा हुने सुरक्षा चुनौतिको बिषयमा इलाका प्रहरी कार्यालय पथरीले बिहिबार होटल सञ्चालकहरुलाई बोलाएर छलफल गरेको थियो ।
होटल व्यवसाय संघका पदाधिकारी र प्रहरीवीच भएको छलफलमा राति ९ बजे होटलको सटरहरु बन्द गरिसक्ने, लजमा बस्न आउने व्यक्तिहरुको परिचय खुल्नेगरी लगबुक राख्ने र काउन्टरमा सीसीटिभी राख्न पहल गर्ने निर्णय भएको प्रहरी प्रमुख डीएसपी लक्ष्मीराज अधिकारीले बताए ।
छलफलमा होटाल व्यवसाय संघको अध्यक्ष पृथ्वी मगर, सहसचिव पूर्ण कार्की, सल्लाहकार धनप्रसाद साँबा, सदस्य विजय चाम्लिङ लगायतको उपस्थिति रहेको थियो
प्रतिक्रिया