![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/09/jhapa-police-office.jpg?resize=720%2C720)
काठमाडौं ३१ भदौ । प्रतिबन्धित विप्लव समूहको झापा जिल्ला कार्यालयमा प्रहरीले छापा मारेको छ ।
झापाको व्यापारिक केन्द्र बिर्तामोडमा राखिएको विप्लव समूहको भुमिगत कार्यालयमा प्रहरीले छापा मारेर हतियार सहित दस्तावेज बरामद गरेको हो ।
सोमबार जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीको टोलिले तीन जना नेता पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा झापा जिल्ला जनसरकार प्रमुख टीका पोखरेल, सेक्रेटरी प्रविण मिश्र र मकवानपुरका कार्यकर्ता अनुल सारु मगर छन् । झापा जिल्लामा पच्छिलो दिनहरुमा भएको विष्फोटका योजनाकार मिश्र र पोखरेल भएको प्रहरीले दाबी गरेको छ ।
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/08/1251889880biplabe.jpeg?resize=720%2C400)
प्रहरीले कार्यालयबाट दुई ओटा कटुवा पेस्तोल र ४ राउण्ड गोली बरामद गरेको छ ।
बरामद भएका वस्तावेजको विस्तृत अध्ययन अनुसन्धान भइरहेको र अनुसन्धान पुरा भएपछि थप कदम चालिने प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेलाई सार्वजनिक र विस्तृत विवरण बताउन प्रहरीले मंगलबार दिउँसो पत्रकार सम्मेलनको तयारी गरिरहेको विर्तामोडका पत्रकार तीर्थ सिग्देलले जानकारी दिए ।
प्रतिक्रिया