७ फाल्गुन २०८१, बुधबार । February 19, 2025

समाचार

दुर्लभ अजिङ्गर भेटियो



सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ बस्ने महेन्द्र यादवको सुत्ने कोठामा सोमबार भेटिएको अजिङ्गरलाई बोरामा हाल्दै स्थानीयवासी । तस्वीर : अरुणकुमार यादव

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ मा अजिङ्गर भेटिएको छ । वडा नं १४ बस्ने महेन्द्र यादवको सुत्ने घर कोठामा अजिङ्गर भेटिएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । स्थानीय प्रहरी चौकी रामपुरमल्हनीयाबाट गएको टोलीले अन्दाजी १५÷२० केजीको अजिङ्गर सर्प निस्केको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भेटिएको अजिङ्गर जिल्ला वन कार्यालय सप्तरीमा आज बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : ३० भाद्र २०७६, सोमबार ००:००