२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

ग्लोबल

छतबाट खसेर अमेरिकामा २२ घाइते



न्युयोर्क, २९ भदौ /अमेरिकामा एक बहुतले भवनको छतबाट खसेर शनिबार बेलुका कम्तीमा २२ जना घाइते भएका छन् । स्थानीय समय अनुसार बेलुका ६ बजे उद्धारकर्ताहरुको सम्मेलन चलिरहेका बेला घटना भएको जनाइएको छ । सम्मेलनमा हजारौँ उद्धारकर्ताहरु सहभागी भएका थिए । उनीहरुमध्ये कोही अहिले पनि उद्धारकर्ताका रुपमा क्रियाशिल छन् भने कोही विगतमा क्रियाशिल थिए । काप मे क्षेत्रीय अस्पतालका अधिकारीहरुले २१ जना घाइतेको आफ्नो अस्पतालमा उपचार भइरहेको र तीमध्ये कम्तीमा ३ जना बालबालिका रहेको पुष्टी गरेका छन् । अर्का एक जनाको भने स्थानीय अर्को अस्पतालमा उपचार भइरहेको छ । क्षेत्रीय अस्पतालका प्रवक्ता सुसन स्टेगरले सबै बालबालिका सहित ११ जनालाई उपचारपछि अस्पतालबाट बिदा गरिसकिएको जानकारी दिनुभयो ।

प्रकाशित : २९ भाद्र २०७६, आइतबार ००:००