
भोजपुरको हतुवागढी गाउँपालिकाले शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि सरोकारवाला पक्षसँग बृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले गत २३ गतेबाट शनिबारसम्ममा शिक्षक, अभिभावक, विद्यार्थी, राजनीतिक दल, सङ्घसंस्था, शिक्षाप्रेमी, समाजसेवी, सञ्चारकर्मीलगायतसँग शिक्षाको विकासका लागि के–के गर्न सकिन्छ भन्ने विषयमा बृहत् छलफल गरेको हो । ‘हामी सबैको एउटै ध्यान, गुुणस्तर शिक्षा, असल ज्ञान’ भन्ने मूल नाराका साथ छ दिनसम्म सञ्चालन गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका ३०० बढी सरोकारवाला पक्षबाट आएको सुझावलाई समेटर ९७ बुँदाको शिक्षा सुधार लागि जिम्मेवारीसहितको कार्ययोजना तयार गरिएको गाउँपालिकाले जनाएको छ । कार्ययोजनामा शिक्षक, अभिभावक, राजनीतिक, स्थानीय तह,

सङ्घसंस्थालगायतले शिक्षाको विकासमा खेल्नुपर्ने जिम्मेवारी तोकिएको गाउँपालिकाको भनाइ छ । सबैबाट आएका विषयवस्तुलाई समेटेर तयार गरिएको उक्त शिक्षा सुधार कार्ययोजनामा सरोकारवाला पक्षले हस्ताक्षरसमेत गरेका छन् । गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले स्थानीय सरकार सञ्चालनमा आएपछि गाउँपालिकाको शिक्षाको सुधारका लागि कार्यक्रमको आयोजना गरिएको बताएका छन् । । हालको अस्तव्यस्त शिक्षालाई सुधार गर्न गाउँपालिका लागिपरेको बताउँदै उहाँले शिक्षाको विकासका लागि सबैको साथको आवश्यकता रहेको समेत औल्याएका थिए।

प्रतिक्रिया