३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

समाचार

जीतेन राईको समिति नै वैधानिक : यायोक्खा




काठमाडौं, २२ भदौ । किरात राई यायोक्खाले जीतेन राईको नेतृत्वमा भएको किरात राई विद्यार्थी संघ वैधानिक भएको जनाएको छ । शनिबार यायोक्खाका महासचिव जनक राईले जारी गरेको प्रेस विज्ञप्तिमा यस्तो उल्लेख छ ।
रामचन्द्र राईको अध्यक्षतामा गठन भएको किरात राई विद्यार्थी संघ आधिकारिक नभएको र कोही भ्रममा नपर्न समेत विज्ञप्ति मार्फत अग्रह गरिएको छ ।
रामचन्द्र राई समूहले यायोक्खाका अध्यक्ष दिवस राईलाई लक्षित गरेर विभिन्न आरोप तथा व्यक्तिगत लानछाना लगाएर किरात राई यायोक्खाको गरिमालाई नै ध्वस्त पारेको पनि यायोक्खाको ठहर छ ।
गौरवसालि संस्थाका अध्यक्ष दिवस राईलाई लक्षित गरी विभिन्न आरोप तथा व्यक्तिगत लानछाना लगाउँदै सिंगो किरात राई यायोक्खाको गरिमालाई नै ध्वस्त बनाउने घातक कदमप्रति यस संस्था गम्भीर भएको छ’ जारी विज्ञप्तिमा उल्लेख छ ।
गत बैशाखमा २८ गते खोटाङको दिक्तेलमा सम्पन्न किरावि सङ्घको नवौं राष्ट्रिय सम्मेलनले जितेन राईको अध्यक्षतामा ५७ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको थियो । अर्को संघ गठन गरि अध्यक्ष भएका रामचन्द्र राई सहित अहिले का असन्तुष्ट विद्यार्थी निर्वाचनमा सहाभागी भएका थिए । खोटाङबाट निर्वाचित नेतृत्वलाई अहिलेको असन्तुष्ट समूहले बधाई समेत दिएको विज्ञप्तीमा उल्लेख छ । त्यही राष्ट्रिय सम्मेलनको बन्द सत्रबाट असन्तुष्ट विद्यार्थीहरू यहि भदौ १८ गते झापाको दमकमा भेला भएर रामचन्द्र राईको अध्यक्षतामा ५७ सदस्यीय अर्को केन्द्रीय समिति घोषणा गरेको छ ।
दिक्तेल सम्मेलन बारे समेत यायोक्खाले प्रष्ट पारेको छ । विज्ञप्तिमा भनिएको छ सहमतिमा नजुटेपछि रामचन्द्र समूहले निर्वाचन नै गर्नुपर्छ भनेर अडान राखेपछि ती समूहको माग बमोजिम नै केन्द्रीय कार्यसमिति चयन गरेको हो ।
यस्तो छ विज्ञप्ति

प्रकाशित : २२ भाद्र २०७६, आइतबार ००:००