२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

समाचार

बेचबिखनको अन्त्य गर्नुपर्नेमा जोड



काठमाडौ । मानव बेचबिखन तथा ओसारपसार विरुद्ध समाजका सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिइएको छ ।
सामुदायिक सेवा केन्द्रले १३औँ राष्ट्रिय मानव बेचबिखन तथा ओसारपसार विरुद्धको दिवसका अवसरमा आज कुलेश्वरमा आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताले मानव बेचबिखन जघन्य अपराध भएकाले त्यसलाई अन्त्य गर्नुपर्ने विचार व्यक्त गरेको हो ।

सांसद कृष्णगोपाल श्रेष्ठले मानव बेचबिखनजस्ता कार्य सभ्य समाज निर्माणका लागि बाधक रहेका कारण यसको अन्त्य गर्नुपर्नेमा जोड दिए । विगतमा के कसरी यस किसिमका आपराधिक गतिविधि भएका हुन्, त्यसको तथ्य पत्ता लगाएर नयाँ पुस्तालाई त्यसका बिरुद्ध अभिप्रेरित गर्नुपर्ने उहाँको भनाइ थियो ।

कालीमाटीस्थित महानगरीय प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवर, केन्द्रका प्रहरी नायब निरीक्षक नरेशकुमार देउवालगायतले यसको रोकथामका लागि सबै पक्ष सजग हुनपर्ने बताउँदै समाजमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी शङ्कास्पद गतिविधि देखिएमा नजीकको प्रहरीलाई खबर गर्न आग्रह गरे ।
विभिन्न सामुदायिक तथा निजी विद्यालयका विद्यार्थी, सुरक्षाकर्मीलगायतले सन्देशमूलक ब्यानर तथा प्ल्लेकार्ड बोकेर कुलेश्वर तथा त्यसआसपास क्षेत्रमा पदयात्रा गरेको थिए ।

प्रकाशित : २० भाद्र २०७६, शुक्रबार ००:००