२६ आश्विन २०८१, शनिबार । October 12, 2024

समाचार

के हो किरात राई विद्यार्थी संघ भित्रको अन्तर्य



किरात राई विद्यार्थी संघ किरात राई समुदायको साझा संगठन हो । संघको केन्द्रीय समितिले काठमाडौं कोटेश्वर स्थित केन्द्रीय कार्यालयमा रक्तदान तथा मातृ भाषामा शिक्षा अन्तरक्रिया गरेर भदौं १७ गते आफ्नो २१ औं स्थापना दिवस मनाएको छ । यसै गरी विभिन्न जिल्लाले दिवस मनाउने क्रममा क्रममा झापा जिल्ला समितिले पनि सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनायो ।

जिल्लाले दिवस मनाएको झोलिपल्ट एउटा छुट्टै समिति घोषणा भएको प्रचार भएपछि संघ यतिवेला आन्तरिक विवादमा फसेको छ ।

भदौं १९ गते खोटाङमा भएको ९ औं राष्ट्रिय सम्मेलनबाट सर्वसहमत चयन भएको समितिले विज्ञप्ति प्रकाशन गरी किराती समुदाय, संघ तथा किरात राई यायोक्खाले उठाउदै आएको मुद्धा कमजोर बनाउन झापामा ‘कथित’ नयाँ समिति प्रचार गरिएको प्रतिक्रिया दिएको छ । विज्ञप्तिमा भनिएको छ ‘संघको नाम, झण्डा, दर्ता नम्बर र नाराको दुरुपयोग भएको छ, यस्ता गतिविधि नरोकिए कठोर निर्णय लिन बाध्य हुनेछौ ।’ संघको ९ औं राष्ट्रिय सम्मेलन २०७६ बैशाख २६-२८ गते खोटाङको सदरमुकाम दिक्तेलमा भएको थियो । दिक्तेल सम्मेलनमा पूर्व अध्यक्ष रविन राई र धिरेन्द्र रुम्दाली राई लगायतका नेताहरु सहभागि उल्लेख भएको किरात राई विद्यार्थी संघको विज्ञप्तिमा उल्लेख छ ।

भदौं २० गते संघको पूर्व अध्यक्ष रविन राई र धिरेन्द्र रुम्दाली राईको संयुक्त विज्ञप्ति फेसबुक सञ्जालमा माप सावृजिनक गरे । संघले निकालेको विज्ञप्ति प्रति ध्यान आकार्षण भएको विज्ञप्तिमा उल्लेख छ । बन्द सत्रमा संलग्नता नभएको उल्लेख गरेका छन् । किरात राई विद्यार्थी संघका अध्यक्ष जितेन राई तत्कालीन सचिवालयले बन्द सत्रको अध्यक्ष मण्डलमा यायोक्खा केन्द्रीय उपमहासचिव भीम राई, कोषाध्यक्ष देवान राई, किरात राई विद्यार्थी संघको पूर्व अध्यक्षहरु रविन राई, धिरेन्द्र रुम्दाली राई र अर्जुन जम्नेली राईलाई राख्ने निर्णय भएको बताए । सोही निर्णय अनुसार बन्द सत्र सुरु भएपछि पटक पटक बोलाउदा उहाँहरु(रविन राई र धिरेन्द्र रुम्दाली राई) भित्र पस्नु भएन । हलदेखि करिव ६-७ मिटरको दुरीमा सम्मेलनबाट नयाँ समिति गठन भइन्जलसम्म वरिपरी रहेको अध्यक्ष राईले बताए । उहाँहरु मात्र होइन बन्द सत्रको अतिथिमा पटक पटक नाम बोलाइदा पनि संस्थापक दिपेश राई, पूर्व उपाध्यक्षहरु दिपेन वाला राई, दीपेन्द्र रुम्दालीसहित पाँच जना बन्द सत्र बाहिर गटबन्दी गरेर बसिरहनु भयो । संस्थापक भीम राई बन्द सत्र सुरु भएपछि काठमाडौ लाग्नु भयो भने अर्का संस्थापक तथा पूर्व अध्यक्ष दीपेन्द्र राई भने भित्र र बाहिर गरिरहनु भएको संघको अध्यक्ष जिनेत राईको दावी छ । बन्द सत्रमा जिल्लाको रिपोर्टिङ, अध्यक्ष विर्सिका राईको सांगठानिक र प्रविणा राईको आर्थिक प्रतिवेदन पास भइसकेपछि तत्कालीन महासचिव शोभित राईले प्रस्तुत गरेको विधान मस्यौदामा छलफल भयो । हलबाट उपमहासचिव, महिला उपाध्यक्ष, सचिव लगायतका मुख्य पदमा चार वटा पद थप्नु पर्ने हलबाट प्रस्ताव आयो । करिव ९० प्रतिशतले तालि लगाएर पास भयो । केही समयपछि तत्कालीन उपाध्यक्ष रामचन्द्र राईको ग्रुप आएर अराजक शैलीमा हलको निर्णय उल्टाए । यी प्रकृयाहरु पुराहुँदै तत्कालीन आयोजक समिति मध्ये ४० जना सम्मेलनमा सहभागि रहेका थियौ । जिनेत राईले भने ५७ जनाको केन्द्रीय परिषद छान्नु पर्नेमा आयोजक, उपत्यका र विभिन्न जिल्लाहरुलाई विभाजन गर्दा आयोजक समितिबाट २३ जना मात्र आउनु पर्ने भयो । उपस्थिति आयोजक ४० बाट २३ बनाउन ४, ५ घण्टा छललफ गर्दा पनि मिल्न मिलाउन सकिएन ।

अन्तत निर्वाचन समिति आयोजक समितिबाट आन्तरिक निर्वाचन गराउन बाध्य भयो । त्यो निर्वाचनमा अहिले आफूलाई स्वघोषित अध्यक्ष दावी गरेका रामचन्द्र राई, उपाध्यक्ष शुसन राई, महासचिव अन्जिल राई, सचिव अशोक राई लगायतले बढीमा बढीमा चार भोट ल्याए । त्यो रेकर्ड हामीसँग सुरक्षित छ । उपाध्यक्ष घोषित सपना राई र रोशण राईले भने उमेद्वारी फिर्ता लिएका थिए । अहिले खोटाङ सम्मेलनबाट पराजित साथिहरुले झापा जिल्लाले मनाएको स्थापना दिवसमा ‘कथित’ समिति गठन गरेको भन्दा समुदायले पत्याउँछन ? अध्यक्ष जितेन राईको प्रश्न छ । त्यो निर्वाचनमा जितेका केन्द्रीय सदस्य केशर राई, सूर्य राई, रमला चाम्लिङ, अन्वेश राईले घोषणा हुनेसाथ राजिनामा दिएर गए । हामीले अहिलेसम्म स्वीकृत गरेका छैनौ । समिति घोषणा भएका केही जिल्लाबाट चयन भएका केन्द्रीय सदस्यहरुलाई समेत सामुहिक राजिनामा दिन लगाइयो ।

खोटाङ सम्मेलनको बन्द सत्रको अध्यक्ष मण्डलमा नाम घोषणा हुनु भएका पूर्व अध्यक्ष धिरेन्द्र रुम्दाली राईको नेतृत्वमा झापामा समिति घोषणाको हल्ला गराएर के गर्न खोज्नु भएको हो मैले बुझिरहेको छैन । यो परिस्थिति हेर्दा खोटाङ सम्मेलनलाई असहज गराउन प्रयास गर्ने, निर्वाचनमा लाने, निर्वाचित साथिहरुलाई राजिनामा गराउने र यो नयाँ समिति घोषणा गराउनमा के केही अग्रजहरुकै त हात छैन ? प्रस्न उब्जिएको छ । यदी त्यस्तो हो भने दाईहरुलाई छलफलमा आउन आग्रह गर्दछौ । यो संगठन यहाँसम्म ल्याउन तपाईहरुको भूमिका महत्वपूर्ण छ । लुकेर छुरा प्रहार गर्न आवश्यक छैन । अर्को कुरा राष्ट्रिय सम्मेलनपछि यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईलाई बारम्बार पार्टीको झोले, सम्पूर्ण जिम्मेवारी दिवसले लिनुपर्छ जस्ता कुराहरु आइरहेको छ । कालो झण्डाको हर्कतसम्म भ्याए । अर्कालाई कल्पित कुराहरुको आरोप लगाउने अग्रजहरुले गठन गरेको भनिएको समिति हेर्दा थाहा भयो ।

सामाजिक संस्थामा राजनीतिक कस्ले गरिरहेको छ प्रष्ट भयो । खोटाङ सम्मेलनमा सवै मिलेर जाउँ भन्दाभन्दै निर्वाचनमा लाने, एउटै वैचारिक धरातल भएका साथिहरु बाहिरीने, भएकाहरुलाई पनि राजिनामा गराउनुको साथै दमकबाट सामाजवादी पार्टी नेपाल सम्बद्ध विद्यार्थीहरुको समिति गठन हुँदा छर्लङ्गै भएको छ । पूर्व अध्यक्ष धिरेन्द्र रुम्दाली दाईले राजनीतिक गर्नु भयो भएन प्रष्टै हुन्छ । म गल्ति छैन भने धिरेन्द्र रुम्दाली राई दाई समाजवादी पार्टीको १ नम्बर प्रदेश सदस्य र स्वघोषित ‘कथित’ अध्यक्ष रामचन्द्र राई सो पार्टी सम्बद्ध विद्यार्थी संगठनको मनोनित सचिव ।

अरुलाई बारम्बार हिलो छ्याप्न प्रयत्न गर्नेहरुले आफ्नो अनुहार पनि हेर्नु पर्दछ । हामीले गल्ति ग¥यौ भने सुझाव दिनुहोस सच्चिन तयार छौ । तर, समुदायको लागि सकेको गरौ भनेर अघि सर्दै गरेका हामी, समुदाय र हाम्रो मुद्धा कमजोर बनाउन यति धेरै मेहनत किन गर्नुहुन्छ ? नयाँ समितिमा रहेका भनिएका साथिहरु आफै छाड्ने क्रम जारी भएको छ । केहीलाई ईच्छा विपरित जवरजस्ति राखिएको सामाजिक संजालहरुमा आइसकेको छ । बाँकी रहनु भएका साथिहरुलाई मैले नेतृत्व गरेको किरात राई विद्यार्थी संघमा स्वागत छ । कहाँ निर बसेर समुदायको लागि काम गर्न चाहनुहुन्छ विधि, विधान मिलाएर भएपनि स्थान दिने छौ । राजनीतिक उदेश्य पुरा गर्ने उदेश्यले कल्पित हल्ला तिर नलाग्न र भ्रममा नपर्न हाम्रो शुभचिन्तकहरुलाई हार्दिक अग्रह गर्दछु ।

प्रकाशित : २० भाद्र २०७६, शुक्रबार ००:००