२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

मुख्य खबर

खोलाले कार बगाउँदा एकको मृत्यु, दुई घाइते



यो सांकेतिक तस्विर गुगलबाट लिइएको हो ।

चरिकोट, २० भदौ  । दोलखाको कालिञ्चोक गाउँपालिका–९ स्थित सुन्द्रावती खोलाले कार बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । अविरल वर्षापछि बढेको खोलाले कार बगाउँदा तामाकोशी गाउँपालिका–३ जफेका २४ वर्षीय अनिश पोखरेलको मृत्यु भएको छ भने सोही कारमा सवार तामाकोशी गाउँपालिका–३ का ३१ वर्षीय विकज पोखरेल र चालक रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ का पवन पौडेल घाइते भएका छन् ।

घाइते दुवैको अवस्था सामान्य रहेको र उनीहरुको सदरमुकाम चरिकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सिङ्गटीबाट चरिकोटतर्फ आउँदै गरेको इकोस्पोट बा १९ च ४३९० नंको कार गए राति ११ः३० बजेको समयमा सुन्द्रावतीखोला तर्ने क्रममा आएको बाढीले बगाएको थियो । अविरल वर्षासँगै खोला बढेकाले घटना भएको स्थानीयवासीले बताएका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराका अनुसार मृतकको शव परीक्षणका लागि चरिकोट अस्पताल ल्याइएको र कारलाई मेसिन प्रयोग गरी निकाल्ने तयारी भइरहेको बताए ।

प्रकाशित : २० भाद्र २०७६, शुक्रबार ००:००