१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

शिक्षकलाई पाँच लाख सहयोग गरिने




यहाँका एक बिरामी शिक्षकलाई इनरुवा नगरपालिकाले रु पाँच लाख सहयोग गर्ने भएको छ । सुनसरी सदरमुकाम इनरुवास्थित नवयुग एकेडेमीका शिक्षक सरोज दुलाललाई नगरपालिकाले सो सहयोग गर्न लागेको हो ।

‘सिभर एप्लाष्टिक एनिमिया’का बिरामी दुलाल खर्च अभावका कारण उपचारबाट बञ्चित हुनुहुन्छ । नगरपालिकाका जनप्रतिनिधि तथा सम्पूर्ण कर्मचारीको तलबभत्ताबाट कटौती हुने गरी दुलालको उपचार खर्च जुटाउन लागिएको  नगरप्रमुख राजन मेहताले जानकारी दिए ।  उनले  एक महीनाको तलब उपचारका लागि सहयोग गर्ने घोषणा गरेका छन्  । अन्यले दुई दिनको तलब दुलाललाई सहयोग गर्ने मेहताले बताए ।  

“मानवीय धर्म सम्झेर सहयोग उपलब्ध गराउन लागिएको हो”, उनले भन्ने । खर्च अभावपछि भारतमा उपचार गराउँदै आएका दुलाल घर फर्कनुभएको छ । चिकित्सकले दुई महीनाभित्र उपचार नगराए बिरामीको ज्यान जाने बताएका छन् । दुलालका लागि स्थानीयस्तरमा उपचार खर्च सङ्कलन अभियान सञ्चालन गरिएको छ । 

प्रकाशित : १९ भाद्र २०७६, बिहिबार ००:००