![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/07/Sher-Dhan-Rai.jpg?resize=720%2C476)
विराटनगर, भदौ १८ । लामो समयदेखी अवरोध रहँदै आएको दुहबी कटहरी विद्युत प्रसारण लाइनको अवरोध हटाउन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पहल थालेका छन् । मुख्यमन्त्री राईले आफ्नै कार्यकक्षमो समस्या समाधानबारे सरोकारवालाहरुसँग छलफल गरेका छन् । यसका लागि मुख्यमन्त्री राईले मोरङ क्षेत्र नं ४ का संघीय सांसद अमनलाल मोदी सहित, ग्रामथान गाउँपालिका अध्यक्ष, उद्योगी, व्यवसायी लगायतसँग छलफल गरेका छन् । यति बेलाग्रामथान गाउँपालिकाको गिधनियाँमा प्रसारण लाइन अवरोध छ । छलफलमा प्रसारण लाइनको अवरोध हटाउन मुख्यमन्त्री राईले पहलकदमी लिने बताएका छन् । यहाँको समस्या समाधान गर्न म पहलकदमी लिन्छु, मुख्यमन्त्री राईले भने समस्या राखेर हुँदैन, सबै मिलेर समाधान खोज्नुपर्छ । विकास निर्माणमा सबैले सहयोग गर्न पनिमुख्यमन्त्री राईले आग्रह गर्नुभयो । मुख्यमन्त्री राईले प्रसारण लाइनको समस्या अन्त्यका लागि एक दुई हप्तामै पुनः सरोकारवालानिकायहरुको बैठक बोलाउने बताए । यसका लागि प्राविधिक सहितको टोली गठन गरेर सम्बन्धित क्षेत्रको समस्या आधिकारीक रुपमा लिने पनि बताए । अब यहाँको समस्या अन्त्य हुन्छ, मुख्यमन्त्री राईले भने विद्युत झ्याप्प झ्याप्प आउने जाने हुनुहुदैन, यसका लागि विद्युत प्राधिकरणले ध्यान दिओस् । गत शनिबार मात्रै मुख्यमन्त्री राईले सोलु करिडोर १३२ केभी प्रसारण लाइनको अवरोध हटाउन पहल गरेका थिए । गिधनियाँको अवरोध हटाउन यहाँका उद्योगी व्यवसायीहरुले माग गरिरहेका बेला मुख्यमन्त्री राईले अग्रसरता लिएका हुन । गत हिउँदमा पनि कोशी करिडोरको विवाद मुख्मन्त्री राईले समाधन गरेका थिए ।
प्रतिक्रिया