
प्रदेश नं १ का प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङले प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज प्रमाणीकरण गर्नुभएको छ । प्रदेशसभाको भदौ १० मा बसेको ४०औँ बैठकले सो विधेयक सर्वसम्मत पारित गरेको हो । विधेयक प्रमाणीकरणसँगै प्रदेश सरकारलाई आयोगको अध्यक्ष र सदस्य नियुक्ति गर्ने बाटो खुला भएको छ । नेपालको संविधानको धारा, २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखले विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुखका प्रेस सल्लाहाकार शेखर रेग्मीले जानकारी दिनुभयो । प्रदेशसभाबाट पारित भई प्रमाणीकरण भएका विधेयकको सङ्ख्या ३७ पुगेको छ ।
प्रतिक्रिया