
विश्व हिन्दू महासङ्घ राष्ट्रिय समितिले बाँकेबाट सुर्खेतमा लैजाने क्रममा गाई मरेको घटनाको स्थलगत अध्ययन गर्न नौ सदस्यीय समिति गठन गरेको छ ।
समितिको विशेष बैठकले यस्तो निर्णय गरेको वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भरतराज पौडेले राससलाई जानकारी दिएका छन् । समितिका अध्यक्ष एवं पूर्वमन्त्री डा रामचन्द्र अधिकारीको संयोजकत्वमा गठन गरिएको समितिमा हरिबोल भट्टराई, डा मीठाराम विश्वकर्मा, दिनेशकुमार सिजापति, बाबा योगीराज, मोहन लामा, अर्जुन शिवाकोटी, बद्री भट्टराई र रोहित गौतम सदस्य रहेका छन् ।
अध्ययन समितिलाई एक साताभित्र स्थलगत अध्ययन गरी फर्कनेगरी अख्तियारी दिइएको छ । सरकारले उपसचिव सागरमणि पाठकको संयोजकत्वमा गठन गरेको अध्ययन समितिसँग छलफल एवं सहयोग गर्ने उद्देश्यले वरिष्ठ उपाध्यक्ष पौडेलको संयोजकत्वमा अर्को समिति गठन गरिएको छ ।
प्रतिक्रिया