,

आजकल निजी बोर्डिङ अंग्रेजी भाषाको पठनपाठन मात्र होइन मातृ भाषा पठनपाठनको पनि लहर चन्न थालेको छ । पुर्वको झापा जिल्लामा एक निजी बोडिंङ स्कूलले लिम्बू भाषामा पठनपाठन गरेर मातृभाषा प्रवद्र्धनका लागि राम्रो कामको सुरुवात गरेको भनि यत्रतत्र प्रशंसा भइरहँदा उता पश्चिम धनगडीमा क्यास्पियन एकेडेमीले कक्षा ५,६ र ७ मा संस्कृत विषयको पठनपाठन सुरु गरेर संस्कृत भाषाको प्रवद्र्धनमा लागेको छ ।
‘बोर्डिङ स्कुलहरुबीच अङ्ग्रेजी भाषामा पठनपाठन गराउने प्रतिस्पर्धा भइरहेको वेला ‘बोर्डिङ स्कुल‘ले प्राचीन भाषा संस्कृत विषयको पठनपाठन शुरु गरिएको विद्यालयको संस्थापक अध्यक्ष मोहनराज शर्मा बताउँछन् ।

मातृभाषा एवं संस्कृत मानिसको नैतिकता, आचरण, भाषा संस्कृति एव अपनत्वसँग जोडिएकाले मातृभाषामा पठनपाठन प्रभावकारी ह्ुने गरेको शिक्षा विदहरु बताउँछन् ।
प्रतिक्रिया