३० कार्तिक २०८१, शुक्रबार । November 15, 2024

समाचार

आँखा देख्नेको दृष्टिकोण परिवर्तन गर्ने अभियान चलाउने




सेतो छडी बोक्नेलाई ‘बिचरा’ मात्र देख्नेहरुको दृष्टिकोण परिवर्तन गर्न तथा न्यून दृष्टियुक्त व्यक्तिलाई प्रोत्साहन गर्न सामाजिक जागरणको आवश्यकता औँल्याइएको छ ।

‘तपार्इंले देख्नुभएको विश्वलाई अनुभव गर्दा’ विषयक कार्यक्रमबाट विश्वका न्यून दृष्टियुक्त व्यक्ति र सुस्त श्रवण भएका व्यक्तिको योगदान र सफलताका कथाबारे जानकारी दिन मात्र होइन, दृष्टिकोण परिवर्तन गर्न र आँखा नदेखे पनि अद्भुत क्षमताका व्यक्तिलाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ । न्यून दृष्टियुक्त व्यक्ति र सुस्त श्रवण भएका व्यक्तिको  हितका लागि डेढ दशकदेखि नेपाल र भारतमा काम गर्दै आउनुभएकी साराह गिरीले भनिन्, “हामीले बिचराको सहानुभूति प्रकट गरेका मानिसमा अद्भुत क्षमता, सबै संसार र आफ्नै दुनियाँ छ, तपार्इं हामीले देखेको विश्वलाई उहाँहरुले गरेको अनुभवमा वास्तविकता छ ।” 

“भौतिक दृष्टिले देख्छ मात्र, अनुभव गर्दैन, दृष्टि नभएकाले अनुभव गर्छन्, जसमा सत्यता हुन्छ, देखेको कुरा सधैँ सत्य नहुन सक्छ, तर अनुभव गरेको विषय सधैँ सत्य नै हुन्छ”, उनले थपिन्, “हामीले अनुभव गरेको विश्वलाई तपार्इंहरुले वास्तविक रुपमा देख्न पाउनुभएको भए चकित खानुहुन्थ्यो भनी उहाँहरुले व्यङ्ग्य गर्दै आएकोे प्रसङ्ग पनि घतलाग्दो छ ।”

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका गल्फ, पौडी, स्किङ, सगरमाथा आरोहण र खानाका परिकार बनाउने प्रतियोगिताका विश्व विजयी तथा उत्कृष्ट व्यक्तिको सफलताका कथाको विषयवस्तु समेटिएको जानकारी गराउन भदौ २२ गते कार्यक्रम आयोजना गरिँदैछ । न्यून दृष्टियुक्त भएका व्यक्ति र सुस्त श्रवण भएका व्यक्तिले शहरका गल्ली र चोकमा सुरिलो गीतसङ्गीतको धून प्रस्तुत गर्ने मात्र होइन, समाजमा अरू महत्वपूर्ण र उदाहरणीय काम गर्दै आएका घटना प्रशस्तै छन् ।



अमेरिकी अडियो विस्तृतीकरण परियोजनाका निर्देशक डा जोयल स्यान्डरले श्रव्य प्रविधिको माध्यमबाट सबै कुरा थाहा पाउने प्रविधिको नेपालमा विकास गर्ने मार्गचित्र प्रस्तुत गर्नुहुनेछ । न्यून दृष्टियुक्त भएका व्यक्तिको शिक्षा क्षेत्रमा सहयोग पु¥याउँदै आएको अन्तर्राष्ट्रिय परिषद्का पदाधिकारीको समेत सहभागिता रहने उक्त कार्यक्रममा चित्रकला प्रदर्शनी र गीतसङ्गीत कार्यक्रमसमेत प्रस्ततु हुने आयोजक संस्थाले जनाएको छ । 

–––

प्रकाशित : १६ भाद्र २०७६, सोमबार ००:००