३० कार्तिक २०८१, शुक्रबार । November 15, 2024

अर्थ

सुरक्षा खतराका कारण तत्कालका लागि नेपाली बैंकका एटीएम अनिश्चितकालका लागि बन्द



सुरक्षा खतराका कारण तत्काललै नेपाली बैंकका एटीएम अनिश्चितकालका लागि बन्द गरिएको छ । मेसिन ह्याकरको निशानामा परेपछि बैंकहरुले आफ्नो एटिएम सेवा अनिश्चित कालका लागि बन्द गरिएको हो ।े गएराती दरबारमार्गबाट प्रहरीले एटिएम ह्याक गरेर रकम निकाल्ने ५ जना चिनियाँ नागरिकलाई अन द स्पोट पक्राउ गरेका थिए । तसर्थ एटीएम सुरक्षा खतराका कारण बैंकहरुले तत्कालका लागि एटिएम बन्द गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले बताएका छन् । पक्राउ चिनियाँ नागरिकको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ र ९ हजार अमेरिकी डलर बरामद गरेको थियो । बैंकका खातावालाको रकम उनीहरुले अनधिकृत रुपमा निकालेका ह्ुन् ।

प्रकाशित : १५ भाद्र २०७६, आइतबार ००:००