२४ माघ २०८१, बिहिबार । February 7, 2025

मुख्य खबर

ट्याक्टरले ठक्कर दिँदा नेता बेघा गम्भीर घाइते



नेकपा एक नम्बर प्रदेश सदस्य एवं धरानका प्रखर युवा नेता अइन्द्रविक्रम वेघा मोटरबाइक दुर्घटना परी गम्भीर घाइते भएका छन् । आज करिव १२ बजेतिर धरानचौकबाट विपि मेमोरियल हस्पिटल (घोपा क्याम्प) जाँदै गर्दा विपरीत दिशाबाट आएको ट्याक्टरले उनी सवार मोटरबाइकलाई ठक्कर दिँदा गम्भीर घाइते भएका हुन् । बेघाको हाल वि.पि. हस्पतालको इमरजेन्सी कक्षामा उपचार भईरहेको छ । उनको अवश्था सामान्य नै रहेको अस्पताल स्रोतले जनाएको छ । ठक्कर दिने ट्याक्टर चालक फरार रहेकाले खोजी कार्य भइरहेको धरानस्थित प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : १३ भाद्र २०७६, शुक्रबार ००:००