२४ माघ २०८१, बिहिबार । February 7, 2025

Life Style

गर्मीमा आँखाको यसरी हेरचाह गर्न सकिन्छ



आँखा मानिसको संवेदनशील अंग हो । यसलाई हामीले जति ध्यान दिनु पर्ने हो नदिएका कारण आँखाको विभिन्न समस्या आउने गर्छ । वायुमण्डलमा बढ्दै गएको प्रदूषण, तापमानमा आएको वृद्धि, अव्यस्थित सहरीकरण, फोहोर जस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखापर्ने चिकित्सक बताउँछन् ।
गर्मीका बेला आँखा पाक्ने, आँखा चिलाउने, आँखा रातो हुने, पोल्ने लगायतका समस्या आँउनका साथै आँखाको दृष्टि नै गुम्न सक्छ । यी समस्याबाट बच्न निम्न उपायहरु अवलम्बन गर्न सकिन्छ ।

क, गर्मीमा बाहिर हिँड्दा चश्मा प्रयोग गर्ने
ख, आँखा पखाल्दा सफा पानी मात्र प्रयोग गर्ने
ग, आँखा सुक्खा भएमा चिकित्सले सिफारिस गरेका औषधि मात्र प्रयोग गर्ने

घ, आँखामा जथाभावी औषधि नराख्ने

ङ, आँखा पोल्ने समस्या भएमा धुलो र घामबाट बच्ने

च, कचेरा आएमा आँखालाई हातले नछुने

छ, आँखालाई हातले छोइहालेमा साबुन पानीले हात धुने

ज, आँखामा धुलो पर्दा या चिलाउँदा रुमाल टिसियु पेपरको प्रयोग गर्ने, जसले गर्दा आँखामा किटाणु सर्ने सम्भावना कम हुन्छ ।

झ, आँखा पाकेका व्यक्तिले प्रयोग गरेका रुमाल प्रयोग नगर्ने


ञ, आँखा पोलेको छ भने चिसो बरफ या आइसले सेक्ने

प्रकाशित : १३ भाद्र २०७६, शुक्रबार ००:००