१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा पेश गरे




संघीय संसदमा दर्ता भएसँगै विवाद र चर्चामा रहेको मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा पेश भएको छ। संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त विधेयक बिहीबार बसेको राष्ट्रियसभा बैठकमा पेश गरेका हुन्। उक्त विधेयक गत वैशाख २७ गते मन्त्री बाँस्कोटाले संघीय संसद सचिवालयको राष्ट्रियसभामा दर्ता गरेका थिए। विधेयकलाई लिएर प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, पत्रकार महासंघ लगायत संघ संगठनले विरोध जनाउँदै आएका थिए। विधेयक पेश गर्ने क्रममा मन्त्री बाँस्कोटाले सबै खालको मिडियालाई अनुगमन गर्न सक्ने गरी मिडिया काउन्सिल विधेयक ल्याइएको जानकारी दिए। उनले भने, ुआचारसंहिता छलफलबाट गर्न तय गर्न सकिन्छ। दण्ड जरिवानाबारे सोच्न सकिन्छ। दण्ड जरिवाना गर्ने अधिकार अदालतलाई दिने कि यसैले गर्ने भन्ने छलफल गर्न सकिन्छ। यसलाई बढ्ता राम्रो बनाउन सकिन्छ।ु सरोकारवाला पक्षसँग छलफल गरेर विधेयक अगाडि बढाइएको जानकारी दिँदै मन्त्री बाँस्कोटाले थपे, ुप्रेसमाथि चुनौती उसैका कारणबाट पनि छ। मिडियाको दायित्व समाजप्रति, संविधान र जनताप्रति उत्तरदायी हुनु जरुरी पर्छ ।

प्रकाशित : १२ भाद्र २०७६, बिहिबार ००:००