काठमाण्डौ, १२ भदौ । वाणिज्य वैंकहरु मध्ये गत आर्थिक वर्ष राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ। यस बैंकले ५ अर्ब ३२ करोड खुद नाफा कमाएको छ।
अधिकांस सरकारी संस्थानहरू नोक्सानमा रहेको बेला पूर्ण सरकारी स्वामित्वको यो बैंकले नविल र इन्भेष्टमेन्ट बैंकलाई पछि पार्दै नाफा कमाउनेमा पहिलो भएको हो।
आर्थिक वर्ष (२०७४र०७५) मा सबैभन्दा धेरै नाफा कमाएको नविल बैंक यसपालि तेस्रो स्थानमा झरेको छ।
दोस्रो स्थानमा उक्लिएका कृषि विकास बैंकले ४ अर्ब ३५ करोड खुद नाफा कमाएको छ। अघिल्लो वर्ष यो बैंक नाफाका आधारमा तेस्रो स्थानमा थियो।
अघिल्लो वर्ष इन्भेष्टमेन्ट दोस्रो स्थानमा थियो भने अहिले चौथो स्थानमा खस्किएको छ। २८ वाणिज्य बैंक मध्यै बढी नाफा कमाउनेमा एनआइसी एसिया बैंक पाँचौ स्थानमा उक्लिएको छ। यो बैंक अघिल्लो वर्ष नाफाका कामाने ‘टप टेन’बाहिर थियो। यस बैंकले एक वर्षमै १२९ प्रतिशतको वृद्धिदर कायम गरेको छ । एभरेष्ट बैंक छैटौं, हिमालयन साताँै, ग्लोबल आइएमई आठौँ, नेपाल बैंक नवौंमा र स्थानमा स्टान्डर्ड चार्टड बैंक दशौं स्थानमा रहेका छन्।
यस्तो छ टप टेन बैंकको नाफा,
बैंक | नाफा २०७५/७६ | नाफा २०७४/७५ |
राष्ट्रिय वाणिज्य | ५ अर्ब ३२ करोड | ३ अर्ब ६५ करोड |
कृषि विकास | ४ अर्ब ३५ करोड | ३ अर्ब ६५ करोड |
नविल | ४ अर्ब २९ करोड | ३ अर्ब ९८ करोड |
इन्भेष्टमेन्ट | ३ अर्ब ४१ करोड | ३ अर्ब ६५ करोड |
एनआइसी एसिया | ३ अर्ब ५ करोड | १ अर्ब ३३ करोड |
एभरेष्ट | ३ अर्ब ४ करोड | २ अर्ब ५८ करोड |
हिमालयन बैंक | २ अर्ब ८४ करोड | १ अर्ब ८७ करोड |
ग्लोबल आइएमई | २ अर्ब ७९ करोड | २ अर्ब १० करोड |
नेपाल बैंक | २ अर्ब ६१ करोड | ३ अर्ब २१ करोड |
स्टान्डर्ड चार्टड | २ अर्ब ४९ करोड | २ अर्ब १८ करोड |
प्रतिक्रिया