२५ माघ २०८१, शुक्रबार । February 7, 2025

समाचार

भिसीको राजिना माग गर्दै विद्यार्थी आन्दोलित



तस्विर : टिका बस्नेत

दाङ, १२ भदौ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर संगीता भण्डारीको राजिनामा माग गर्दै विद्यार्थीले सडकमा तताएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ अभियानप्रति ऐक्यवद्धता जनाउन सडकमा निस्किएका विद्यार्थीहरुले चर्को स्वरमा उपकुलपति डा. भण्डारीको राजिनामा माग गरेका छन् ।
राप्तीबासीको स्वास्थ्यसँग जोडिएको प्रतिष्ठानलाई बन्धक बनाउन उपकुलपति डा। भण्डारी लागिपरेको भन्दै त्यसको बिरुद्धमा आफूहरु सडकमा निस्किएको विद्यार्थीहरुले जनाएका छन् । ‘असक्षम भिसी राजिनामा दे, प्रतिष्ठानलाई बन्धक बनाउन पाइदैन भन्ने नारासहित बजार परिक्रमा गरेको ¥याली प्रतिष्ठानको प्रशासनिक भवन बाहिर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले उपकुलपति डा। भण्डारीले २ वर्षको अवधीमा पनि कुनै शैक्षिक कार्यक्रम सञ्चालन गर्न नसकेको भन्दै राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । कोणसभालाई सम्बोधन गर्दै अनुरास्ववियूका केन्द्रीय सदस्य सन्तोष पोख्रेलले प्रतिष्ठानका उपकुलपतिको रवौयाको विरुद्धमा बाध्य भएर सडकमा आएको बताए ।

प्रकाशित : १२ भाद्र २०७६, बिहिबार ००:००