![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/08/corn-and-mai-ze.jpg?resize=720%2C540)
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना९मकै सुपरजोन कार्यक्रम० लागू भएको भएको दाङको देउखुरी क्षेत्रमा एक कृषकले मकैका विभिन्न परिकार बेचेर मनग्य आम्दानी गर्न थालेका छन् । राप्ती गाउँपालिका–४ पिपरखुट्टीका गोरबहादुर कुमालले मकैको विभिन्न परिकार बेचेर आम्दानी गर्दै आएको हो ।
उक्त परियोजनाले मकै उत्पादनका साथै त्यसका परिकार बनाउन प्रोत्साहन गरेकाले जुनकिरी कृषक समूह पिपरखुट्टीको पहलमा आफू यस कार्यमा सम्लग्न हुँदै आएको उहाँले बताए। “ अहिले मकैका परिकार बनाएर मनग्य आम्दानी गर्दै आएको छु”, उनले भने ‘ उक्त समूहले मलाई मकैका परिकार बनाउन सिकाएको हो ।”
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/08/corn-3333.jpg?resize=720%2C479)
कुमालले मकैबाट अहिले सुप, मोमो, पपकर्ण, केक, हलुवा, रोटी , फ्राई चाट, उसिनेको, पोलेको, फ्राई र भुटेको मकै, आटो, ढिडोलगायत परिकार बनाउने गरेका छन् । होटल तथा रेष्टुरेन्टमा पाइने परिकारभन्दा मकैको परिकार धेरै सस्तो रहेको र यसले मधुमेह, ग्याष्टिक, क्यान्सरजस्ता रोगबाट बच्न पनि यस्ता परिकार उत्तम हुनाका साथै बिकाउ पनि हुने बताए ।
ती परिकार स्वास्थ्यका लागि उत्तम र स्वादिष्ट हुनेभएकाले धेरै बिक्नाका साथै दैनिक रू एक हजारसम्म कुमालले आम्दानी गर्दै आएका छन् । एक पटक मकैको परिकार खाएपछि ग्राहकहरु पटकपटक आउने गर्छन् । ग्राहकले सबैभन्दा बढी मोमो, सुप र फ्राई मन पराउने गरेका छन् । भारतको पञ्जावमा करीब १४ वर्ष कुकको काम गर्नुभएका कुमालले स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचका साथ मकैका परिकार बनाएर बेच्न थाल्नुभएको हो ।े मकैका परिकारमात्रै बिक्री गर्ने ठूलो होटेल सञ्चालन गर्ने सोच रहेको उनले बताएका छन् ।
–––
प्रतिक्रिया