![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/08/emmanuel-brigitte-macron-gty-mem-180423_hpEmbed_2x3_992.jpg?resize=661%2C641)
बिआरिट्स, फ्रान्स, ९ भदौ (रासस÷एएफपी) फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले प्रथम महिला ब्रिगिटीबारे ब्राजिलका राष्ट्रपतिले गरेको टिप्पणी ‘असाधारणरूपमा अभद्र’ भएको प्रतिक्रिया दिनुभएको छ । “ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले फ्रान्सका प्रथम महिला, मेरी पत्नी ब्रिगिटीबारे केही ‘असाधारण तथा अभद्र’ टिप्पणी गर्नुभएको छ,” राष्ट्रपति म्याक्रोँले पत्रकारसँग आक्रोश व्यक्त गर्नुभएको छ । बिआरिट्समा गरिएको पत्रकार सम्मेलनमा राष्ट्रपति म्याक्रोँलाई ब्राजिलियाली सरकारद्वारा ब्रिगिटीबारे गरेको पछिल्लो टिप्पणीबारे पत्रकारले सोधेको प्रश्नमा उक्त कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “मैले के भन्नसक्छु । यो दुःखद छ । यो पहिले उहाँ (बोल्सोनारो) र ब्राजिलियाली जनताका लागि नै दुःखद कुरा हो ।” गत हप्ताको अन्त्यतिर ब्राजिलका राष्ट्रपतिले एक प्रसङ्गमा आफ्नी पत्नीजति असल ब्रिगेटी नभएको भनाइ फ्रान्समा निकै आलोचित बनेको थियो ।
प्रतिक्रिया