![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/08/rabi-lamichane.jpg?resize=720%2C616)
काठमाडौं ८ भदौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा आत्महत्या दुरुत्साहन’ मुद्दा लागेका रवि लामिछानेको बयान भोलिलाई सरेको छ।
आइतबार आरोपित रुकु भनिने अस्मिता कार्कीको बयान सकिएको सकिएको छ । रवि र युवराज कँडेलको भोलि मात्रै बयान हुने भएकाले उनीहरुलाई हिरासतमै राख्न अदालतले आदेश दिएको छ।
चितवन सरकारी वकिलको कार्यालयले आइतबार तीन जना विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो ।
आइतबार रुकुको बयान भएको छ । तर लामिछाने र कँडेलको बयान नसकिएकाले पुनः जिप्रका चितवनको हिरासतमा पठाइएको छ । भोलि १० बजेबाट पुनः बयान सुरु हुने जिल्ला अदालत चितवनका श्रेश्तेदार रुद्रमणि गिरीले बताए ।
यो पनि पढ्नुहोस
प्रतिक्रिया