२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

ग्लोबल

वर्षा र बाढीका कारण सुडानमा ६० को मृत्यु, संयौंको घाइते



(सिन्ह्वा) सुडानमा देशभरी आएको वर्षा र बाढीका कारण ६० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार ती प्राकृतिक प्रकोपहरुमा परेर अरु १०१ जनाभन्दा बढी घाइते भएका छन् ।“वर्षा र बाढीले हालै देशभरी असर पारेको छ, त्यसका कारण ६० जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन्,” स्वास्थ्य मन्त्रालयका कार्यवाहक उपसचिव सुलेमान अब्दुल जब्बारद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।वर्षा र बाढीले ३२ हजार परिवारको घरमा आंशिक क्षति पु¥याएको र २० हजारभन्दा धेरैको घर पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ ।

वर्षा र बाढीपछि आउन सक्ने अन्य प्रकोपहरुबाट बच्न अभियान चलाउन थालेको छ । अभियान अन्तर्गत वर्षायाममा मानिस, जनावर र वातावरणमा पर्ने नकारात्मक असरका बारेमा जानकारी गराइने उनको भनाई छ । यसअघि मानवीयता सम्बन्धी राष्ट्रसंघीय कार्यालयले एक लाख ७१ हजार ७०० जना प्रभावित भएको विवरण सार्वजनिक गरेको थियो । सो कार्यालयले २२ हजार ६३४ घरमा क्षति पुगेको र ११ हजार ७०२ घर पूर्ण रुपमा क्षतिग्रस्त भएको जनाएको छ । अगस्टको सुरुदेखि सुडानमा अत्यधिक वर्षा र बाढीले देशका धेरै ठाउँमा असर पारको थियो भने कतिपय सडकहरु अबरुद्ध भएका छन् ।

प्रकाशित : ८ भाद्र २०७६, आइतबार ००:००