प्रदेश नं १ अर्थ समितिद्वारा प्रदेशसभामा पेश गरिएको ‘सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ मा आवश्यक सुधारका लागि सरोकारवालासँग छलफल गरिएको छ ।
नेपालीलाई प्रविधि ज्ञान वृद्धि गर्न, वैदेशिक पूँजी लगानी भित्र्याउन र नेपालीको आर्थिक उन्नति बढाउन सङ्घीय सरकारको नीतिअनुसार विधेयक प्रदेश सरकारमा पेश गरिएको समितिका अध्यक्ष मोहनकुमार खड्काले बताए ।
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/05/province1.jpg?resize=521%2C513)
विधेयकमा आवश्यक परिमार्जन गर्न ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई सहयोग प¥याउन आवश्यक सुझाव दिन सरोकारवालाई आग्रह गर्नुभयो । सो अवसरमा प्रदेशसभा सदस्य यशोदा अधिकारीले नेपाली उद्योगी व्यापारीको लगानीको सुरक्षाको ‘ग्यारेण्टी’ गर्नुपर्नेमा जोड दिइन् ।
नेपाल उद्योग वाणिज्य सङ्घ प्रदेश नं १ का कार्यवाहक सभापति राजेन्द्र राउतले रु पाँच अर्बभन्दा माथिको योजनामा विदेशी लगानी भित्र्याउन जोड दिँदै ठूला निर्माण कार्यमा नेपाली उद्यमीको बहुमतीय शेयर हुनुपर्ने सुझाव दिएका छन् ।
मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले सगरमाथा, हलेसी, पाथीभरा जस्ता क्षेत्रमा विदेशी प्राकृतिक र धार्मिक पर्यटक ल्याउन आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने तथा वैदेशिक रोजगारीमा जाने युवालाई सरकारको लगानीमा गुणस्तरीय तालीम केन्द्र सञ्चालन गर्नुपर्ने बताएका छन् ।
–––
प्रतिक्रिया