२५ माघ २०८१, शुक्रबार । February 7, 2025

समाचार

नौमती बाजा प्रतियोगिता




स्थानीय लोकबाजा र संस्कृतिलाई जोगाउन तानसेनमा नौमती बाजा प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा तानसेन नगरपालिका–५ सेतीपोखरीस्थित सेतीपोखरी धर्मपानी नौमती बाजा समूह प्रथम भएको छ । प्रथम हुने समूहले रु ५० हजारको पुरस्कार प्राप्त गरेको छ ।

तानसेन नगरपालिका–७ काजीपौवास्थित लालुपाते नौमती बाजा समूहले दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ । दोसो हुने समूहले रु २० हजार पुरस्कार प्राप्त गरेको छ । त्यसैगरी तेसो हुने तानसेन नगरपालिका–११ स्थित चण्डीका टोल विकास संस्थाले रु १० हजार पुरस्कार जित्न सफल बनेको छ । सफल समूहलाई तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पुरस्कार वितरण गरेका थिए ।

तानसेन नगरपालिकाका प्रमुख शाहीले प्रतियोगिताले नौमती बाजा र संस्कृति संरक्षणमा सहयोग पुगेको बताए । उनले नेपालीको स्वाभिमान र वीरताको गाथासँग जोडिएको ऐतिहासिक भगवती जात्राको पहिलो दिन प्रतियोगिताले थप उत्साह ल्याएको बताउँछन् ।
विजयी समूहले भगवती जात्रामा बाजा बजाउनुपर्ने चलन रहेको छ । टुरिजम एक्सन कमिटीका संयोजक सागर महर्जनले स्थानीय लोकबाजा र परम्परागत संस्कृति संरक्षणमा प्रतियोगिताले सहयोग गर्ने बताएका हुन् ।
प्रतियोगितामा पाल्पाका १० नौमती बाजा समूह सहभागी थिए । दलित समुदायको परम्परागत पेशाका रुपमा स्थापित बाजा बजाउने पेशा अहिले मगर समुदायबाट पनि संरक्षण हुँदै आएको छ ।

प्रकाशित : ७ भाद्र २०७६, शनिबार ००:००