२६ आश्विन २०८१, शनिबार । October 12, 2024

मुख्य खबर

सालकको खपेटा सहित एक पक्राउ



लोपन्मुख सालकको खपेटा सहित एक जना पक्राउ परेका छन् । शुक्रवार दिउँसो २ बजे प्रहरी चौकी काबेलीबाट खटिएको प्रहरी टोलीले ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा पर्ने हपुखोला देखी ताप्लेजुङ तर्फ जादै गरेको अवस्थामा खपटा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले प् जनाएको छ । प्रहरी चेकजाँचका क्रममा ताप्लेजुङ फुङलिङ् नगरपालिका २ बस्ने वर्ष ६२ को बिक्रम ईवाराम लिम्बुलाई पक्राउ गरेको हो । सालकको खपेटा अन्दाजी ६ सय ग्राम रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका ईवारामलाई आवश्यक कार्बा्हिको लागी डिभिजन वन कार्यालय पाँचथर अन्तर्तत जिम्मा दिइएको छ ।

प्रकाशित : ६ भाद्र २०७६, शुक्रबार ००:००