२ कार्तिक २०८१, शुक्रबार । October 19, 2024

मुख्य खबर

नेपाल प्रहरीको सहप्रवक्तामा जोशी




प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक ( एसएसपी) उमेशराज जोशीलाई केन्द्रीय प्रहरीको सहप्रवक्ता तोकेको छ ।

प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ र तथ्यगतरुपमा जानकारी दिने उद्देश्यले जोशीलाई सहप्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले आजजनाएको छ । यसैबीच प्रहरीले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न तीन हजार ८३१ का लागि नयाँ भर्ना दर्खास्त आह्वान गरेको छ । प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, महानगरीय प्रहरी परिसर काठमाडौँ, भक्तपुर र ललितपुर, सातवटै प्रदेश प्रहरी तालीम केन्द्र तथा ७४ वटै जिल्ला प्रहरी कार्यालयमा दर्खास्त बुझाउन सकिने प्रहरीले जनाएको छ ।

प्रकाशित : ६ भाद्र २०७६, शुक्रबार ००:००