काठमाडौं, ६ भदौ । प्रधानमन्त्री केपीशर्मा ओलीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विशेषता हाम्रो देशका अमूल्य निधि भएको बताएका छन् ।
गौरापर्वको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।
प्रधानमन्त्री ओलीले देशका विभिन्न भूभागमा बोलिने भाषा र विभिन्न क्षेत्रका संस्कृति, भेषभूषा, रितिरिवाज र संस्कारले विविधता बीच एकता, आपसी सम्बन्ध र सामाजिक सद्भावको सम्मिलन गराएको उल्लेख गरेका छन्। “ हाम्रा चाड पर्व जीवन्त अन्तर–सांस्कृतिक अन्र्तघुलनका अनुपम उदाहरण हुन ” प्रधानमन्त्री ओलीले सन्देशमा भनका छन् “ सद्भाव र एकताको प्रवद्र्धन गर्ने हाम्रा अनेकौं पर्व र साँस्कृतिक अवसरहरु मध्येको एक गौरा पर्वले समस्त नेपाली दिदी बहिनी दाजुभाइहरु बीचको आपसी सद्भावलाई अझ मजवूत बनाउने विश्वास गर्दछु ।”
खासगरी कर्णालीप्रदेश र सुदुरपश्चिम प्रदेशमा विशेष हर्ष र उल्लासका साथ मनाइने गौरा पर्व नेपालको एक विशिष्ट पहिचान झल्काउने पर्वको रुपमा परिचित रहेको प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।
६ भाद्र २०७६, शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया